छोरी को जन्म हारेको कर्म
तँ! पनि छोरी, तेरो पनि उस्तै मर्म
गिज्जाइरहेथ्यो त्यो गित ले
गुन्जिरहेथ्यो आमाको चित्कारमा
सायद म जन्मदा, मेरी आमाको प्रसूति पीडा
नीको भएन म हुर्किसक्दा सम्म
हरेक चोटि ” त त छोरी होस ” नाक ख़ुम्चिदा
हरेक पाइलामा
मैले चालेका हरेक नजरमा
एक नारी यो समाजको
खाल्टै खाल्टै परेको रीति
आफै संहालिदै हिड्न सिक्दै
आमाले बाटिदिन्थिन् भन्दै
“चुल्ठो कति राम्रो मेरो परीको”
उनै ह्यापीएकी चेलीले बुनिदिएको
लगनको बाटोमा देख्दा
बाबा डाक्नुहुन्थ्यो
ए, मेरि राज्कुमारी! ।।
घाम उदाउदै थियो
उमेरले गति लिदै थियो
जिंदगी बढ्दै थियो
म माथि नजर काटिदा
तल देखी माथि सम्म
घोरिने दृष्टिलाई होइन
पाप मलाई लाग्दै थियो
हेर्दै जादा सुर्यको लालिमा झै
बग्दै गयो मेरो अंस
र झुक्दै गयो मेरो शिर
छोरीमा होमिदै गाको बाबाको त्रास
न लुकाउंन खोजियों
न नडराई बस्न
हीउ नै हिउको हिमाल बाट पग्लिएको
पानि झै, छोरी को कर्म
जानू थियो छाडेर
किनारा त्यो जन्मघरको
ती बाल्यकालका सम्झनालाई
आंगनका खेलहरुलाई
आशूले भिजाउदै, बिदा भए
एक मुलबाटोको बोट झै
उखेलेर फालिन खोजियो
हुर्किन नपाउदै
लुछियो,
मलजल गर्न छाडेर
सुम्पियो मेरो भाग्य
एक अन्जान सङ्ग
न सोधियो, न भनियो
गुंजियो त बस
छोरीको कर्म लौ छोरीको कर्म
मेरो के गल्ती भयो यहाँ
योवनले मातेको पूजरिको
एकै छिन्को देबि मात्रा
एकै छिन्का पवित्रता
एक चुहुने गाग्री झै
नारीको जिंदगी
अलि अलि गर्दै चुहुदै थियो
चुस्दै गयो अनि थुक्दै गयो
रस हराउदै थियो
माया हराउदै थियो
स्वाद बिलाउदै थियो
हरेक दिन
रक्सि को मात मा
आत्मा लुटिदै थियो
मेरो के गल्ती भयो यहा?
म एक डिम बत्ती जस्तो
डिम हुँदै गए
उहाँ लाई म खल्लो लाग्दै गए
मायका सासहरु मातमा पखालिए
पिटिन थालेँ
हरेक साझ
ढोका को ढक ढक ले
मुटु ढक ढक बनाउथ्यो
निला डाम हरु देखिने थाले
खै, म सधै मोन
हरेक रातका पिटाइमा
हरेक भनाइमा
मुटु फुटाउने वचन
तर म सधै मोन,
मलाई मार्ने धम्कीहरुमा !!
ती बिलाउन नपाउदै बल्झिएका डामहरु
सायद छोरीको कर्म थियो होला
अझ, मेरो कर्ममा
कहिले नमेटिने गरि
लेखिएका छाप थियो होला !!
अध्यारो कोठिमा, आवाज थुनेर
घुक्क घुक्क रुने
मेरो जीवनको अर्थहरु
धेरै थिए, सुन्ने थोरै थिए
पोखे पनि, आवाज हरु चुप थिए
बस “च च, खठै कठै बार ”
भनिदिने धरै भए ।।
न कसैले सुनिदियो
न कसैले बुझिदियो नै
बुढा बुढी को झगडा
पराल को आगो भनिए झै
पति पर्मेषोर मानियो
कृपा गर्छन कि ?
यस्तै अर्धनग्न कथामा मुछिदै गए
गाजल सरि ईच्छा मेटाउदै गए
फुटेका सपनाको कल्कलाउदो सिसाको चुराहरु
दन्किदै गय्को चुरोट्को सर्पझै आकार
‘फु फु’ गर्दै उड़्दै गर्दा
मेरो निलो कालो शरीरमा पोतिएका
भयानक असामानता का पार्खल
मुनि बग्दै गरेको
आसुको गहराईबाट निस्किने
मन भयो
कति सहनु कति सहनु मैले ??
घुक्क घुक्क मैं चीत्कार निस्कियो
कालो खोठीमा काती परेका मेरा
सन्नाटा भावनाहरुलाई
दराजबाट चिहाइरहेको सटिफिकेटले बोलायो
र म दौडमा पुगे
आफ्नो चल्लाको ओथारो गास्न
पुगे म जागिरमा आफ्नो गरिमा लड्न
बदलिदीए ती बिहेका चुराहरु
र घसे सपनाको टीकाहरु
जागिरमा पास भनी आफन्त भकानिए
“तँ केइ गर्न सक्दैनस, पोइको जुम्रा पोल्नलाइ ठीक्क”
भन्ने ती आक्रान्त आवाज सेलाए
तै समाजको पर्मेश्वोर
मूरछित छ !
कसरी ? यस्ले आफ्नो भन्दा ठुलो भाग्यको जागिर र तलब पाई छ ??
बुझो छ उस्को आवाज
वाल्ल छ समाज
म हिड्ने बाटो उजेलिएको देख्दा
बसन्त उकालोमा छ
म अग्रशील छु, आफैमा
उ डाक्छ रे, माइती तिर
लोग्ने हुनुको ढक ढक, ढक ढक
तर मेरो ढोका बन्द छ
आज मैले खोलिन
उस्को मैलो आवाज मैले सुन्न चाहिन
उस्को स्वार्थमा लिप्त ओठ आज भिज्न खोजेको छ
पैसाको अत्तर सुघ्न
हो कि ?
उसलाई मेरो माया लाको छ रे
पुजारी फेरी जनै कस्दै छ
मेरो मन्दिरमा शंख फुकीदै छ
टाढा बाट
उस्को आवाज “म होके,
ढोका खोल न”
आज मिठो लाको छ
तर अबको उधेश्य,
उसलाई ढोका खोल्ने होइन
उ जस्ता हजारले
शोसित भएका अनेक हजारलाई
मेरो जस्तै आफ्नै घाम उदाउने
आफैले खोल्न मिल्ने ढोका बनाउनु छ
बदलाभको शान्त र मिठो प्रयाश
म बाट भाको छ
म बाट हुनु छ
त्यसैले त्यों ढोका बन्द छ ।।।
You must be logged in to post a comment.